नेपालमा सोमबार कोरोनाबाट ज्यान गुमाउने शून्य

Homeस्वास्थ

नेपालमा सोमबार कोरोनाबाट ज्यान गुमाउने शून्य

नेपालमा आइतबार ८३० जना संक्रमित थपिए, ९ जनाको मृत्यु
जारी निःशुल्क स्थायी बन्ध्याकरण शिविरबाट शनिबार सम्म ५५ जनाले सेवा लिए
थप ८९९ सङ्क्रमित, १५ जनाको मृत्यु


१९ माघ , काठमाडौँ ।
नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गए सँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा समेत कमी आएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणवाट ज्यान गुमाउनेको संख्या शून्य अवस्थामा रहेको छ ।
हाल सम्म नेपालमा संक्रमणवाट २ हजार २९ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ ।
४ हजार १ सय ४५ जनामा भएको पीसीआर परीक्षणमा ९८ पुरुष र ६१ महिलामा संक्रमण देखिएको छ ।
हाल देशभर २ लाख ७१ हजार १ सय १८ जनामा संक्रमण देखिएको छ । देशभर थप २ सय ६४ जनाले कोरोना संक्रमण जितेका छन् ।
यो सँगै देशभर २ लाख ६६ हजार ६ सय जना संक्रमण मुक्त भएका छन् । २ हजार ४ सय ८९ जना संक्रिय संक्रमित छन् ।
ति मध्ये १ सय २८ आइसियू र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ

COMMENTS

WORDPRESS: 0
DISQUS: 0