नेकपा दाहाल समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पत्र बुझाउने

Homeराजनीति

नेकपा दाहाल समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पत्र बुझाउने

संसद विघटन गर्नुको कारण सर्वोच्चले सरकारसँग लिखित जवाफ माग्यो
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको फेरि अर्को गैर अराजनीतिक अभिब्यक्ति
20 Best Agriculture Business Ideas to Start with Low Investment


१९ माघ , काठमाडौँ ।
नेकपा दाहाल समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पत्र बुझाउने निर्णय गरेको छ ।
सोमबार बसेको केन्द्रीय कमिटी बैठकले आफ्नो आधिकारिकता लागि प्रक्रिया पु¥याएर आयोगमा जाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पदाधिकारी हेरफेर गरेको निर्णयसहित अद्यावधिक गर्न निर्वाचन आयोगले पत्र पठाएकामा लिखित जवाफसहित पार्टीको आधिकारिताको दाबी गर्न पत्र लेख्ने निर्णय गरिएको उनको भनाइ छ ।
माघ २८ मा काठमाडौंमा गर्न लागिएको प्रदर्शनलाई पनि सशक्त बनाउन कार्यकर्तालाई निर्देशन दिएको छ ।
यसैगरी, नेकपा बैठकले म्यानमार गरिएको सैन्य ‘कूु प्रति आपत्ति जनाएको छ ।
बैठकले प्रधानमन्त्री केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ भने विष्णु पौडेललाई महासचिव पदबाट हटाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0