म्यानमारमा सैन्य ‘कू’ पछि सङ्कटकाल घोषणा

Homeराजनीति

म्यानमारमा सैन्य ‘कू’ पछि सङ्कटकाल घोषणा

प्रदेश सरकार बलात्कारका घटनामा गम्भीरता देखिएन – प्रदेश सांसद
नेकपा ओली समूहकाे जनसभाका लागि र्‍याली सुरु
प्रम ओलीको सेटिङले देश चल्दैन– दाहाल –नेपाल नेतृत्वको नेकपाका नेता भुसाल

१९ माघ , काठमाडौँ ।
म्यानमारमा सैन्य ‘कू’ पछि सङ्कटकाल घोषणा गरिएको छ ।
नेत्री आङ सान सुकीलगायतका नेताहरूलाई हिरासतमा लिएपछि सङ्कटकाल लागू गरिएको हो ।
सेनाको टेलिभिजनले एक वर्षका लागि सङ्कटकाल घोषणा गरिएको जनाएको बीबीसीले जनाएको छ ।
सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर परिचित म्यानमारमा सेनाले शासन गर्दै आएको थियो ।
गएको नोभेम्बर महिनामा भएको चुनावमा सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहुमत प्राप्त गरेको थियो ।
तर, सेनाले यो चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ ।
नयाँ निर्वाचित तल्लो सदनको पहिलो बैठक पहिलो पटक आज बस्ने तयारी भएका बेला सेनाले नेत्री आङ सान सुकीलगायतका नेतालाई हिरासतमा लिएको हो ।
सेनाले यो बैठक स्थगित गर्न माग गर्दै आएको थियो । सेनाले आफूले सुकीसहितका नेताहरुलाई हिरासतमा लिएको पुष्टि पनि गरेको छ ।
सैन्य ’कू’पछि राजधानीलगायतका मुख्य सहरमा इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ भने राजधानीसहित धेरै ठाउँमा सेनाको उपस्थिति बाक्लो छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0