आज विश्व सिमसार दिवस मनाइँदै

Homeसमाज

आज विश्व सिमसार दिवस मनाइँदै

देशका हिमाली क्षेत्रहरुमा भारी हिमपात
आदिवासी जनजाती महासंघकाे महाधिवेशन २०७८ जेठ १९ र २० गते
पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुल्ने


२० माघ , काठमाडौँ ।

विभिन्न कार्यक्रम गरी आज विश्व सिमसार दिवस मनाइँदै छ ।
यो वर्ष ‘सिमसार र पानी’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो ।
सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिनलाई आधार मानेर नेपालले हरेक वर्षको फेब्रुअरी २ मा यो दिवस मनाउँदै आएको छ ।
सिमसारको विश्वस्तरमै संरक्षण गर्न सन् १९७१ मा जलपक्षीको वासस्थानसम्बन्धी सिमसार (रामसार) महासन्धि भएको थियो ।
यो महासन्धिमा १६९ देशहरु सामेल भएका थिए ।
नेपाल भने औपचारिक रुपमा सन् १९७१ मा महासन्धिको सदस्य बनेको हो ।
विश्वसूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन् ।
कैलालीको घोडाघोडी ताल, रारा ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, शेफोक्सुन्डो ताल, माइपोखरी अनि पोखरा नगरीका नौ वटै ता लहरु सिमसार क्षेत्रमा रहेका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0