विश्व सिमसार दिवस मनाइयो, कावासोती नगरपालिका सिमसार क्षेत्रको सँरक्षणमा जुट्दै

Homeसमाज

विश्व सिमसार दिवस मनाइयो, कावासोती नगरपालिका सिमसार क्षेत्रको सँरक्षणमा जुट्दै

नेपाल मगर सँघको १२ औँ राष्ट्रिय महाधिबेशन स्थगित
नवलपुरमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु
पत्रकार महासङ्घकाे चुनाव : ६० भन्दा बढी जिल्लाको गणना सकिँदा विपुलकाे प्यानललाई अग्रता


२० माघ , नवलपुर ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले नगरभित्र रहेका सिमसार क्षेत्र संरक्षणका लागि विभिन्न कार्य योजनाहरु अगाडि बढाएको छ ।
नगरभित्रका टरुवा ताल , मध्यवर्ती क्षेत्र भित्र रहेका तालतलैया र पोखरी ताल लगायतका सिमसार क्षेत्रलाई संरक्षण गर्दै पर्यटन प्रबद्र्धनका लागि कार्य योजनाहरु अगाडि बढाइएको कावासोती नगरपालिकाका नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले बताउनु भयो ।
वहाँले मध्यवर्ती क्षेत्र भित्र रहेका सिमसार क्षेत्रलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट व्यवस्थापन गर्दै गएको बताउनु भयो ।


यस्तै नगरले वन्यजन्तु वासस्थान व्यवस्थापन गर्नका लागि सिमसार क्षेत्रको संरक्षण गर्दै गएको पनि वहाँले बताउनुभएको छ ।
कावासोती नगरपालिका ७ मा रहेको टरुवा ताललाई पनि नगरले संरक्षण , प्रबद्र्धन गर्दै पर्यटन तर्फ लैजानका लागि पर्यटन कार्यालयमा आवश्यक कागजात पेस गरिएको नगर उपप्रमुख मर्दनियाले बताउनु भयो ।
यस्तै मर्दनियाका अनुसार कावासोती नगरपालिका १ मा रहेको पोखरी ताललाई सिमसार क्षेत्रका रुपमामा विकास गर्दै धार्मिक पर्यटकीय हिसाबले अगाडि बढाउने योजना रहेको छ ।
कावासोती नगरपालिकाले ति सबै सिमसार क्षेत्रलाई संरक्षण गर्दै विशेषतः कृषिसंग जोडेर पानीको सिंचाइ व्यवस्था मिलाउदै कार्यपालिकाले कार्यहरु अगाडि बढाइरहेको वहाँको भनाइ छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0