क्रियाशिल महिला पत्रकार समूह नवलपुरको प्रथम भेलाबाट नयाँ कार्यसमिति गठन

Homeसमाज

क्रियाशिल महिला पत्रकार समूह नवलपुरको प्रथम भेलाबाट नयाँ कार्यसमिति गठन

५६ जिल्लाका पाँच सय २३ ठाउँमा डढेलो, एक दशकयताकै धेरै भएको विभागको दाबी
बाल गायिका ममता कुमालको आवाजमा “मुला टमाटर” गित सार्वजनिक हुदैँ
गत शनिबार मनाङको मस्र्याङ्दी नदीमा ट्रक खस्दा ज्यान गुमाउनेका परवारलाई आर्थिक सहयोग

२१ माघ , नवलपुर ।

क्रियाशिल महिला पत्रकार समूह (डब्लु डब्लु जे) पूर्वी नवलपरासीको प्रथम भेलाले नयाँ कार्यसमिति गठन गरेको छ ।

ज्ञानु पङेगेनीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

जसको उपाध्यक्षमा शारदा झेँडी मगर , सचिवमा राधिका भुषाल र कोषाध्यक्षमा मिँनाक्षी कँडेल चयन भएका छन् ।

भने सदस्यहरुका गँगा विश्वकर्मा , एलिना केसी र माया कँडेल चयन भएका छन् ।
भेलामा नवलपरासी जिल्ला टुक्रिए पछि बुधबार नवलपुर जिल्ला भरीका क्रियाशिल महिला पत्रकारहरुको उपस्थित रहेको थियो ।
महिला अधिकारलाई स्थापित गर्न महिला पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ ।
महिला गतिशिलताका आधारमा सबैभन्दा बढि क्रियाशिल महिला पत्रकारहरु नै रहेको हुन्छ त्यस कारणले पनि समाजमा भएका विकृति विसंगतिलाई उजागर गर्दै अगाडी बढ्नमा सहभागी महिला पत्रकारहरुलाई संस्थाकि निवर्तमान अध्यक्ष धनु भुसालले आग्रह गर्नुभयो ।

कार्यक्रम कुमारवर्ती बहुमुखी क्याम्पसको परिसरमा भएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0