२१ माघ , काठमाडौँ ।
सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएका छन् ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतको विषयमा विराटनगरको आमसभामा बोलेका विषयमा सात दिनभित्र आफै लिखित जवाफ पेस गर्न निर्देशन दिएका हुन् ।
प्रचण्डले विराटनगरको आमसभामा अदालतले केपी ओलीको निरङ्कुश कदमलाई साथ दिएमा लाखौँ नागरिक सडकमा उतार्ने अभिव्यक्ति दिएका थिए ।
उनको अभिव्यक्तिविरुद्ध अधिवक्ता समीर हायूले सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता गराएको थियो ।
सर्वोच्चले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र चार जना पूर्वप्रधानन्यायाधीशलाई पनि अवहेलना मुद्दामा आफै उपस्थित हुन आदेश दिएको थियो ।
Newer Post
विहिबार नेकपा प्रचण्ड–नेपाल समूहको आम हड्ताल Older Post
संवैधानिक आयोगमा सिफारिस भएकाहरुले शपथ लिए
COMMENTS