विहिबार नेकपा प्रचण्ड–नेपाल समूहको आम हड्ताल

Homeराजनीति

विहिबार नेकपा प्रचण्ड–नेपाल समूहको आम हड्ताल

प्रम ओलीको सेटिङले देश चल्दैन– दाहाल –नेपाल नेतृत्वको नेकपाका नेता भुसाल
भुक्तानी नदिने चिनी उद्योगी पक्राउ गर्ने सरकारको निर्णय
१३ दिनभित्रै प्रतिनिधि सभाको बैठक डाक्न सर्वोच्चको आदेश


२१ माघ , काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीवार (भोलि) देशव्यापी आम हड्तालको घोषणा गरेको छ ।
प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै बिहीवार हड्तालको घोषणा गरेको हो ।
बुधवार (आज) केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी र निरङ्कुशता बढ्दै गएकाले त्यसलाई रोक्न हड्ताल गर्नुपरेको बताए ।
यातायात, उद्योग कलकारखाना, शैक्षिक संस्थालगायत सबै क्षेत्र बन्द हुने भुसालले जानकारी दिए ।
त्रिविका धेरै तहका परीक्षा चलेकाले परीक्षा केन्द्र र परीक्षा दिन जाने विद्यार्थीका साधनलाई भने नरोकिने भुसालले बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1