कम्युनिस्टको बर्को ओढेर कम्युनिस्ट आन्दोलनको बदनाम गर्यो – प्रम ओली

Homeराजनीति

कम्युनिस्टको बर्को ओढेर कम्युनिस्ट आन्दोलनको बदनाम गर्यो – प्रम ओली

स्वर्गिय गिरिजा प्रसाद कोईरालाको ११ औँ स्मृति दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
ललिता निवासमा घर टहरा निर्माण कार्य रोक्न मन्त्री डा. शिवमाया तुम्बाहाङफेको निर्देशन
संसद् विघटन भएसंगै सात जना मन्त्रीले सामूहिक राजीनामा दिए

२२ माघ , काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्टको बर्को ओढेर कम्युनिस्ट आन्दोलनको बदनाम गरिएको आरोप लगाउनु भएको छ ।

वहाँले नाम नलिइकन पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै कम्युनिस्टको बर्को ओढेर बाटोमा बस्नेहरुले कम्युनिस्ट आन्दोलनको बदनाम गराएको बताउनु भएको हो ।

बिहीबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कम्युनिस्टको खोल ओढेकै व्यक्तिले बदनाम गराएको बताउनु भयो ।

सम्बोधनका क्रममा वहाँले भन्नू भयो , ‘कम्युनिस्टकै बर्को ओढेर बाटोमा बस्नेहरुले कम्युनिस्ट आन्दोलनको बदनाम गराए । कम्युनिस्ट आन्दोलन र लोकतन्त्रको सबैभन्दा बढी विरोध कम्युनिस्टकै खोल ओढेकाले गरेका छन् ।’

प्रधानमन्त्री ओलीले उनीहरू तमासा हेर्न सडकमा निस्किएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले दाहाललाई कानुनको पालना गर्न पनि आग्रह गरेका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1