चितवनमा प्रदर्शनकारीहरुद्वारा मलामी बोकेको बस तोडफोड, किरियापुत्री घाईते

Homeराजनीति

चितवनमा प्रदर्शनकारीहरुद्वारा मलामी बोकेको बस तोडफोड, किरियापुत्री घाईते

प्रचण्ड माधवले काँग्रेस सभापति देउवालाई सँगै मिलेर जान आग्रह
नेकपाको स्थायी कमिटी बैठक स्थगित , आगामि पौष १ मा वस्ने
प्रचण्ड–माधव समूहसँग मिलेर सरकारमा जानुपर्छ – महामन्त्री कोइराला

२२ माघ , चितवन ।
नेकपा प्रचण्ड–नेपाल समूहले गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै किरिया पुत्री बोकेको बस तोडफोड गरेका छन् ।
देवघाटबाट बिहीबार भरतपुर तर्फ आउँदै गरेको बसमा प्रदर्शनकारीहरुले तोडफोड गरेका हुन् ।

प्रदर्शनकारीले देवघाटमा अन्त्येष्टि कर्म सकेर जगतपुर जान आउँदै गरेको ना ४ ख ३७३१ नम्बरको बसमाथि आँपटारीमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

किरायापुत्री लिएर फर्किदै गरेको बसमा तोडफोड गर्दा किरियापुत्री सन्तबहादुर विक घाइते भएका छन् ।
घाईते विकको भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1