संवैधानिक नियुक्ति: सभामुख अग्नि सापकोटा रिट निवेदनसहित सर्वोच्च अदालतमा

Homeराजनीति

संवैधानिक नियुक्ति: सभामुख अग्नि सापकोटा रिट निवेदनसहित सर्वोच्च अदालतमा

वर्तमान राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको पूर्व राष्ट्रिपतिको गुनासो
सरकार सिंह दरवारमा बसेर भ्रष्टाचारको नोट गन्नमा व्यस्तः युवा नेता कल्याण गुरुङ
नेकपा सरकार जनताप्रति उत्तरदायी हुन सकेन ः नेपाली काँग्रेस

२३ माघ , काठमाडौँ ।
संवैधानिक आयोगहरूमा सरकारले गरेका नियुक्ति संविधानविपरीत भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटा निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् ।
केही बेरअघि सभामुख सापकोटाले सर्वोच्च अदालतको मुद्दा महाशाखामा निवेदन पनि पेस गरेका हुन् ।
सभामुख सापकोटाले निवेदनमा संवैधानिक परिषद्को पुस ५ गतेको निर्णय बदर गर्न माग गरेका छन् ।
साथै उक्त निर्णयका आधारमा संवैधानिक आयोगहरुमा भएको नियुक्तिको बदर गर्न पनि सभामुख सापकोटाले माग गरेका छन् ।
नियुक्तिपछि राष्ट्रपतिबाट शपथ लिई पदभार ग्रहण गरिसकेका संवैधानिक आयोगका पदाधिकारीलाई कामकारबाही गर्न नदिन पनि रिटमा माग गरिएको छ ।
त्यस्तै उनीहरुको नियुक्ति यथास्थितिमा राख्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने सभामुख सापकोटाले रिटमा उल्लेख गरेका छन् ।
सभामुख सापकोटासँग दाहाल(नेपाल नेतृत्वको नेकपाका नेताहरु शशी श्रेष्ठ, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र रेखा शर्मालगायत पनि अदालत पुगेका छन् ।
अहिले निवेदन पेस भइसकेको र दर्ताको प्रक्रियामा रहेको पनि सभामुखको सचिवालयले जानकारी दिएको छ ।
सभामुखले पेस गरेको निवेदनमा ३९ जनालाई विपक्षी बनाइएको छ। तिनमा संवैधानिक परिषद् अध्यक्ष, सदस्यलगायत सबै पदाधिकारीहरू छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1