स्मार्ट मल्टीप्रपोज कम्पनीद्धारा आफ्ना ग्राहकहरुलाई प्रशिक्षण

Homeसमाज

स्मार्ट मल्टीप्रपोज कम्पनीद्धारा आफ्ना ग्राहकहरुलाई प्रशिक्षण

तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो
देवचुलीमा ज्येष्ठ नागरिकहरु सम्मानित
विवाह पञ्चमी पर्व मनाइँदै

२३ माघ , नवलपुर ।
स्मार्ट मल्टीप्रपोज कम्पनीले अनलाइन किनमेलसम्बन्धी आफ्ना ग्राहकहरुलाई प्रशिक्षण दिएको छ ।
कम्पनीको स्मार्ट किनमेल डटकमको बारेमा शुक्रबार पूर्वी नवलपरासीको कावसोतीका ग्राहकहरुलाई अनलाइन किनमेल सेवाबारे प्रशिक्षण दिइएको हो ।
उनीहरुलाई कम्पनीमा आवद्ध बोधनाथ सुवेदी , सविता तिवारी र जिवन ओलियाले प्रशिक्षण दिएका हुन् ।
घरायसी कामकाजमा प्रयोग गरिने विद्युतीय सामग्रीको अनलाइन किनमेल गरी महिलाहरु आत्मनिर्भर पनि बन्न सक्ने प्रशिक्षकहरुले बताए ।


अनलाइन किनमेलबाट समयको बचतसँगै गुणस्तरीय विद्युतीय सामग्रीहरु किन्न पाइने उनीहरुले बताए ।
कम्पनीले स्मार्ट किनमेल डटकममार्फत सिनसोनी र एसएमसी ब्राण्डका इन्डियन घरायसी विद्युतीय सामग्री बिक्री वितरण गर्ने उनीहरुको भनाइ छ ।
नेतृत्व क्षमता अभिवृद्धि एवम् स्वरोजगार सिर्जना गर्न उक्त तालिम दिइएको कम्पनीले बताएको छ ।
कार्यक्रम उक्त कम्पनीको डिलर हलमै भएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0