कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन जनाको ज्यान गयो

Homeसमाज

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन जनाको ज्यान गयो

रिठेपानी कास्की इकाइका अध्यक्ष डिल्लीराम कुमालको स्कुटर दुर्घटनामा परी निधन
पत्रकार महासंघ गण्डकी प्रदेशमा प्रेस युनियन नेतृत्वको महागठबन्धन सबै पदहरुमा विजयी
आदिबासी जनजातिको मुद्दालाई बिशेष प्राथमिकता दिनु पर्छ – जनजाति अगुवा


२४ माघ , कैलाली ।
कैलालीको जानकी गाउँपालिका–९ पूर्व खैरीफाँटमा माटोको ढिस्कोले पुरिएर तीन जनाको ज्यान गएको छ ।
दुई जना घाइते भएका छन् ।
आज बिहान घर लिपपोतका लागि माटो लिन गएका पूर्व खैरीफाँटका १७ वर्षकी धनसरी विक, २० वर्षकी भावना ओड र ३१ वर्षकी गंगा जैगडीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
माटोले पुरेका काजल विक र अञ्जु जैगडी घाइते भएका छन् । उनीहरुको टिकापुर अस्पतालमा उपचार भइरहेको गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरीले जानकारी दिए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1