नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार भन्दा कम

Homeस्वास्थ

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार भन्दा कम

२४ घण्टामा नेपालमा तीन सय १८ जना कोरोना संक्रमित भेटिए
थप ८९९ सङ्क्रमित, १५ जनाको मृत्यु
काठमाडौंमा अहिलेसम्मकै उच्च वायु प्रदुषण, घर भित्रै बस्न सरकारको आग्रह

२४ माघ , काठमाडौँ ।
नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार भन्दा तल झरेको छ ।
पछिल्लो २४ घण्टामा दुई सय ४८ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नौ सय ५९ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालमा दुई लाख ६७ हजार आठ सय १२ जना कोरोना सङ्क्रमणबाट निको भइसकेका छन् ।
यो कुल सङ्क्रमितको साढे ९८ प्रतिशत भन्दा धेरै हो । शनिबार ९९ जनासहित अहिलेसम्म नेपालमा दुई लाख ७१ हजार आठ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शनिबार दुई हजार सात सय ९४ जनाको पीसीआर परीक्षण गर्दा ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1