उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित

Homeसमाज

उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित

भूतपूर्व सैनिक कल्याणकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जना घाइते
सिटी हल निर्माणको काम धमाधम सुरु


२४ माघ, काठमाडौँ ।
काठमाण्डौ उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित भएका छन् । व्यवसायीहरुले बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य बन्द गर्न सरकारसँग माग गरेका छन् ।
शनिबार आफ्ना ट्याक्सी सहित ¥याली निकालेका व्यवसायीहरुले वैज्ञानिक भाडादर कायम गर्न पनि सरकारसँग माग गरेका छन् । वैज्ञानिक भाडादर कायम गर्दै राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको संरक्षण गर्नुपर्ने माग गर्दै राखेका छन् ।
राष्ट्रिय पुँजीको लगानी भएको ट्याक्सीको संरक्षण गरि व्यवस्थित गरिनुपर्ने, वैज्ञानिक भाडादर कायम गरिनुपर्ने र बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्ने लगायतका माग राख्दै शान्तिपूर्ण ट्याक्सी ¥यालीको आयोजना गरिएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय अध्यक्ष पूर्णलाल मोक्तानले बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1