पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महत्वपूर्ण कूटनीतिक जानकारी दिन हुदैँन – जो बाइडेन

Homeराजनीति

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महत्वपूर्ण कूटनीतिक जानकारी दिन हुदैँन – जो बाइडेन

प्रधानमन्त्रीको झुठो दाबी : प्रचण्ड–नेपालको निवेदन फिर्ता भयो, निर्वाचन आयोग भन्छ– भएको छैन
बर्तमान राजनीतिक परिस्थितिका सन्दर्भमा आदिवासी जनजाति महासँघको गम्भीर ध्यानाकर्षण
देशलाई षड्यन्त्रको चक्रव्यूहमा फस्न नदिन प्रतिनिधि सभा विघटन गरे : प्रम ओली

२४ माघ , काठमाडौँ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महत्वपूर्ण कूटनीतिक जानकारी दिन नहुने बताएको छ ।
ट्रम्पको अस्थिर व्यवहारका कारण महत्वपूर्ण कुटनीतिक सूचनामा ट्रम्पको पहुँच हुन नहुने पक्षमा आफू रहेको राष्ट्रपति बाइडेनले बताएकोे बीबीसीले जनाएको छ ।
अमेरिकामा पूर्व राष्ट्रपतिलाई समेत राष्ट्रिय सुरक्षा सम्बन्धी जानकारी दिने परम्परा छ । तर ट्रम्पको अस्थिर र अनिश्चित व्यवहारका कारण त्यो परम्परा तोड्नुपर्ने पक्षमा रहेको बाइडेनले बताए ।
ट्रम्पसम्म पुग्ने सूचना अन्तै जाँदैन भन्नेमा ढुक्क हुन सक्ने आधार नभएकाले कुटनीतिक सूचनामा पहुँच दिन नहुँने उनको तर्क छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1