आर्मीले चौदण्डीगढी नगरपालिकालाई ९–० ले हरायो

Homeखेल

आर्मीले चौदण्डीगढी नगरपालिकालाई ९–० ले हरायो

पारस खड्कालाई कोरोना संक्रमण
एपीएफले चौदण्डीलाई सजिलै १४–० ले पराजित ग¥यो
पर्वतीय खेलकुद महोत्सव आगामी फागुन तेस्रो सातादेखि हुने


२४ माघ , काठमाडौँ ।
राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा शनिबार भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० ले हराएको हो । आर्मीका रश्मी घिसिङले ४ गोल गरिन् ।
यस्तै सर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइवाले एकरएक गोल गरे ।
आर्मीले एक गोल आत्मघाति उपहार पाएको थियो । जितसँगै आर्मीले ७ खेलमा १६ अंक जोडेको छ ।
आर्मी दोस्रो स्थानमा रहेको छ । लगातार सातौं हार व्यहोरेको चौदण्डी पुछारमा रहेको छ ।
एपीएफ १८ अंकसहित शीर्ष स्थानमा रहेको छ । महिला लिगमा शनिबार देखि दोस्रो चरणको खेल सुरु भएको हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0