ओली सरकार हातमा लाग्यो शून्य  – नेता कृष्णचन्द्र नेपाली

Homeराजनीति

ओली सरकार हातमा लाग्यो शून्य – नेता कृष्णचन्द्र नेपाली

नेपाली काँग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दै
प्रम ओलीले अत्याचार गर्न थालेको प्रचण्डको आरोप
अध्यादेश जारी भए लगत्तै नेकपा मा रडाको काउन्टर अट्याककाे तयारी


२४ माघ , नवलपुर ।
प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली काँग्रेस सम्बद्ध पेशाकर्मी तथा श्रमिक सँगठनहरुले शनिबार देशभर साङ्केतिक विरोध प्रदर्शन गरेका छन् ।
भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन विरोध प्रदर्शन गरेका हुुन् ।
यसैविच पूर्वी नवलपरासीको कावसोतीमा पनि विरोध प्रदर्शन गरिएको छ ।


विरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य कृष्ण चन्द्र नेपालीले ओली सरकार हातमा लाग्यो शून्य भएको बताएका छन् ।
उनले उखान टुक्के भाषण गर्नु र देश चलाउने कुरा फरक भएको बताए ।
तिन वर्ष सम्म देशलाई विकास , समृद्धि र शान्तिको बाटोमा अगाडि बढ्ला भनेर काँग्रसले धैर्यता पूवर्क हेर्दै आउदा अहिले ओली सरकारको परिणाम हातमा लाग्यो शून्य भएको नेता नेपालीले बताए ।
यस्तैगरी उनले ओली सरकारले भ्रष्टाचारको काण्डैकाण्ड रचेको पनि आरोप लगाए ।
नेता नेपालीले बाँदरको प्रसँग जोड्दै बाँदरले आफ्नो घर पनि नबनाउने र अर्काको घर पनि बन्न नदिने प्रबृत्ति यो सरकारले देखाएको बताए ।
उनले गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको कदम बाँदरे प्रबृत्ति भएको स्पष्ट पारे ।
प्रतिनिधि सभा भँगको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको उनको तर्क थियो ।
कावासोती २ विपि चोकबाट शुरु भएको ¥याली फलफुल चोक , थाना चोक हुदैँ पुनः विपि चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

उता काठमाण्डौमा विरोधस्वरुप प्ले कार्ड, कालोपट्टी र कालो मास्क लगाएका समूूहद्वारा टुँडिखेललाई केही समय मानवसाङ्लो बनाई घेराउ गरिएको थियो ।
प्ले कार्डमा ‘प्रतिनिधिसभाको पुुर्नबहाली गर, संवैधानिक सर्वोच्चता कायम गर, सामाजिक भत्ता लागू, आमनागरिकलाई निःशुुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूूनतम पारिश्रमिक निर्धारण गर जस्ता माग लेखिएको थियो ।


देशभर भएका विरोध प्रदर्शनमा नेपाल ट्रेड युुनियन काँग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन, नेपाल सांस्कृतिक संघ, नेपाल कुमाल संघ , प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र नेपाल प्रेस युनियन लगायतका संघसंस्थाहरुको ऐक्यबद्धता रहेको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0