भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा हुन सक्ने अनियमितता प्रति सरकारको कडा नीति

Homeसमाज

भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा हुन सक्ने अनियमितता प्रति सरकारको कडा नीति

पाँच दिवसीय हष्तकला निर्माण तालिम प्रभावकारी बन्दै
थारु राष्ट्रिय संग्रहालय अध्ययन केन्द्र पुर्बी नवलपरासीको दोश्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन
अनलाइन सांस्कृतिक नृत्य प्रतियोगिता को निर्णायक अनु कुमाल र कमल नेपाली

२४ माघ , काठमाडौँ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी दिएकी छिन् ।
भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यहरुलाई काठमाडौंमा शनिबार निर्देशन दिँदै मन्त्री तुम्बाहाङ्फेले कानुनभन्दा बाहिर गएर काम कारबाही नगर्न निर्देशन दिइन् ।


मन्त्री तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलियाहरु सक्रिय रहनेतर्फ सचेत गराउादै त्यस्ता व्यक्ति र समूहबाट टाढै रहन निर्देशन दिइन् । ‘
आयोगका पदाधिकारी नै सर्वेसर्वा नभएको बताउँदै मन्त्री तुम्बाहाङ्फेले आफ्नो निश्चित अधिकारमात्रै रहेको मनन गर्न र ऐनले तोकेको कार्यमात्रै गर्न आग्रह गरिन् ।
सरकारले गत सातामात्रै ७७ वटै जिल्लामा अध्यक्षसहित विज्ञ सदस्य र सदस्य गरी तीन–तीन जना नियुक्त गरेको थियो ।
२३१ जना पदाधिकारीमा २५ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको छ ।
मन्त्री तुम्बाहाङ्फेले आयोग निर्माणमा सकभर महिलासहित जातीय क्लस्टर मिलाउने अधिकतम प्रयास गरिएको जानकारी दिइन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1