स्थायी बन्ध्याकरण शिविरबाट आइतबार सम्म १५३ जना लाभान्वित

Homeस्वास्थ

स्थायी बन्ध्याकरण शिविरबाट आइतबार सम्म १५३ जना लाभान्वित

आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाइ कोरोना खोप लगाइने
२४ घण्टामा नेपालमा तीन सय १८ जना कोरोना संक्रमित भेटिए
८०४१ जनाको परीक्षण गर्दा १२७२ मा कोरोना संक्रमण


२५ माघ , नवलपुर ।
जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीको आयोजनामा जारी निःशुल्क बृहत परिवार नियोजन स्थायी बन्ध्याकरण शिविरबाट आइतबार सम्म १५३ जनाले सेवा लिएका छन् ।
परिवार नियोजन सुपरभाइजर निरिक्षक विर वहादुर श्रेष्ठका अनुसार गत माघ ७ गते देवचुलीमा २३ जना र ८ , ९ र १० गते कावासोतीमा ३२ जना , १२ , १३ र १४ गते मध्यविन्दुमा ४० जना १६ ,र १७ गते त्रिवेणीमा २२ जना २० र २२ गते हुप्सेकोटमा २२ जना २४ गते बौदीकाली गाउपालिकामा ९ जना र २५ गते बुलिङटारको जौबारीमा सञ्चालित शिबिरमा ५ जनाले स्थायी बन्ध्याकरण गरेका छन् ।
हालसम्म ८२ पुरुषले भ्यासेक्टोमी, र ७१ जना महिलाले मिनिल्याप गराएका हुन् ।
माघ २७ देखि बुलिङटारकै कोटथरमा शिबिर सञ्चालन हुनेछ भने अन्तिम दिन २९ गते गैँडाकोटको पितौँजीघाट स्वास्थ्य चौकीमा शिबिर सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1