प्रदेश १ को प्रदेश सभा बैठक सत्तापक्षकै सांसदहरूको अवरोधका कारण स्थगित

Homeराजनीति

प्रदेश १ को प्रदेश सभा बैठक सत्तापक्षकै सांसदहरूको अवरोधका कारण स्थगित

नेकपा नामसम्बन्धी विवादमा सर्वोच्च अदालतद्वारा ऋषि कट्टेलको पक्षमा फैसला
प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै केपी ओलीलाई कारबाही गर्ने प्रमुख एजेण्डा
कामै गर्न नदिएपछि बाध्य भएर संसद् विघटन गरेः प्रम ओली


२५ माघ , काठमाडौँ ।
प्रदेश १ को प्रदेश सभा बैठक सत्तापक्षकै सांसदहरूले अवरोध गरेपछि स्थगित भएको छ ।
बैठक सुरु हुन लाग्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका सांसदहरूले अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आउँदो फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेको हो ।
आफूहरूले निलम्बन गरेका १६ जना सांसदलाई प्रदेश सभामा प्रवेश गराएकोले बैठकमा अवरोध गरेको नेकपा प्रदेश १ का मुख्य सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।
बैठकमा अवरोध भएपछि मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव दर्ता हुन पाएन ।
आइतवार झण्डै साढे चार घण्टा बसेको कार्य व्यवस्था समितिको बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल गर्ने कार्यसूची तयार पारेको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 2