भारतको उत्तराखण्डमा भिषण हिमपहिरो

Homeअन्य

भारतको उत्तराखण्डमा भिषण हिमपहिरो

Plunging Oil Prices Show the Market is Worried about 2019 Recession
Look 4.2: This Style Focuses on Women’s Crop Top and Jeans
Cellist Maya Beiser Plays Gorgeous Eight Part Modern Etude


२५ माघ , काठमाडौँ ।
भारतको उत्तराखण्डको चमोली जिल्लाको हिमाली क्षेत्रमा आइतबार बिहान गएको हिमपहिरो र धौलीगंगा नदीको बाढीले ठूलो मात्रामा जनधनको क्षति पु¥याएको छ ।
भारतीय सन्चारमाध्यमहरुका अनुसार उत्तराखण्डको जोशी मठक्षेत्रस्थित हिमाली क्षेत्रमा बिहान करिब दस बजेको आसपासमा हिमपहिरो गएको थियो ।
त्यसपछि धौलीगंगा नदीमा आएको बाढीले चमोली जिल्लाको राइना गाउँस्थित ऋषिगंगा जलविद्युत परियोजना र बाँधमा क्षति पुग्नुका साथै त्यहाँ कार्यरत डेढ सयभन्दा बढी कर्मचारी बेपत्ता भएका छन् ।
बाढीका कारण दुईवटा जलविद्युत परियोजना र बाँधमा क्षति पुगेको छ । सबैभन्दा बढी क्षति निर्माणाधीन ऋषिगंगा जलविद्युत परियोजनामा भएको छ ।
त्यसैगरी सञ्चालनमा रहेको धौलिगंगामा जलविद्युत परियोजनामा पनि क्षति पुगेको छ । भारतीय सन्चारमाध्यमहरुले उत्तराखण्ड सरकारलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार बाढीका कारण करिब डेढ सयजना बेपत्ता छन् ।
यो संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार उद्धारका लागि देहरादुनबाट करीब ३ सय किलोमिटर टाढा रहेको हिमपहिरो गएको क्षेत्रमा उद्धारकर्मीहरुलाई जहाजबाट उतारिएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1