नवलपुरमा लागुऔषधसहित ७ जना पक्राउ

Homeसमाज

नवलपुरमा लागुऔषधसहित ७ जना पक्राउ

आगलागीबाट यो वर्ष देशभर ७९ जनाको ज्यान गयो
धादिङमा महिलालाई जिउँदै पुरेर फरार एक्स्काभेटर चालक कञ्‍चनपुरबाट पक्राउ
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज ११ औं स्मृति दिवस मनाइदै

२५ माघ , नवलपुर ।

पूर्वी नवलपरासीको विभिन्न स्थानबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुम्किबासबाट ५ जना र अरुणखोलाबाट २ जना गरी ७ जना प्रक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा पर्वत जिल्ला कुस्मा ४ का २५ वर्षिय शमशेर घर्ती, कास्की जिल्ला पोखरा महानगरपालिका १० का २३ वर्षिय विजय चौधरी , चितवन जिल्ला भरतपुर महानगरपालिका १४ का २४ वर्षिय दिपेश विक , १६ का २६ वर्षिय सर्वविद् वस्नेत , वडा नम्बर १९ का ३३ वर्षिय सिंहराज लामा र रुपन्देही जिल्ला उद्योगपुरी नगरपालिका ४ का १८ , वर्षिय बिसु गुरुङ सोही ठाउँका १८ बर्षीय शिवशंकर कहार रहेका छन् ।
उनीहरुको साथबाट कुल डाइजापाम १ सय ४८ एम्पुल , फेनारगन १ सय ४९ एम्पुल , नुर्फिन १ सय ४९ एम्पुल र ४० बोतल ओनरेक्स लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिनुभएको छ ।
उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन सम्वन्धि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0