एपीएफले चौदण्डीलाई सजिलै १४–० ले पराजित ग¥यो

Homeखेल

एपीएफले चौदण्डीलाई सजिलै १४–० ले पराजित ग¥यो

आर्मीले चौदण्डीगढी नगरपालिकालाई ९–० ले हरायो
प्रधानमन्त्री कपमा गण्डकी प्रदेशको पहिलो
सन्दिप लामिछानेले राशिद खान को स्थान लिने

२६ माघ , काठमाडौँ ।
महिला राष्ट्रिय लिगको शीर्ष स्थानमा रहेको एपीएफले सोमबार पुछारमा रहेको चौदण्डीलाई सजिलै १४–० ले पराजित गरेको छ ।
यससँगै एपीएफले आफ्नो लगातार जितको यात्रालाई पनि कायम राखेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफलाई ठूलो अन्तरको जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिकसहित आठ गोल गरिन् ।
यस्तै, अनिता बस्नेत र अनिता केसीले दुईरदुई गोल गरे ।कप्तान अनु लामा र रविना गोलेले पनि एकरएक गोल गरे ।
एपीएफको सात खेलबाट अधिकतम् २१ अंक भएको छ ।
चौदण्डी भने लगातार सातौं हार बेहोर्दै अंक तालिकाको पुछारमा छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0