२६ माघ , काठमाडौँ ।
राष्ट्रिय जनगणना–२०७८ मा खटिने कर्मचारीलाई पाँच लाख रुपैयाँको बिमा व्यवस्था गरिएको छ ।
राष्ट्रिय योजना आयोग अन्तर्गत केन्द्रीय तथ्यांक विभागले उक्त व्यवस्था गरेको हो ।
आगामी जेठ २५ गतेबाट असार ८ गतेसम्म हुने जनगणनामा खटाइने ३९ हजार कर्मचारीका निम्ति यो व्यवस्था गर्न लागिएको हो ।
त्यसका साथै जनगणना कार्यमा खटिने कर्मचारी घाइते भएमा उपचारको नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक कार्यविधिअनुसार बढीमा ५० हजार रुपैयाँको उपचार खर्चसमेत उपलब्ध गराउने उल्लेख छ ।
विभागले जनगणनाका निम्ति आवश्यक जनशक्ति माग गरिसकेको छ ।
जसमा ८ हजार सुपरिवेक्षक र ३९ हजार गणकको माग गरिएको छ । योग्यता पुगेका व्यक्तिले मुलुकको जुनसुकै ठाउँबाट अनलाइनबाट आवेदन दिनसक्ने छन् ।
सुपरिवेक्षकले स्नातक उत्तीर्ण गरेको हुनेपर्नेछ भने गणकले कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
महिलाको हकमा १८ देखि ४५ वर्ष र पुरुषको १८ देखि ४० वर्ष उमेरकाले आवेदन दिनसक्ने छन् ।
दुई महिनाका निम्ति सुपरिवेक्षक र एक महिनाका निम्ति गणक करारमा लिइने छन् ।
Newer Post
७० घडियाल गोही नदीमा छाडियो Older Post
एपीएफले चौदण्डीलाई सजिलै १४–० ले पराजित ग¥यो
COMMENTS