७० घडियाल गोही नदीमा छाडियो

Homeसमाज

७० घडियाल गोही नदीमा छाडियो

संवैधानिक आयोगका नियुक्ति सिफारिस सभामुखले फिर्ता पठाए
२६०४ औँ तमु ल्होसार पर्व मनाउँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
नेपालका प्रथम सहिद लखन थापाको १४४ औं स्मृति दिवस मनाइदैँ


२६ माघ , चितवन ।
चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन् ।
चालु आर्थिक वर्षको साउनयता निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा ती गोही छाडिएको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विभिन्न समयमा गरी गोही छाडिएका हो ।
ती सबै गोहीलाई कसरा नजिकै नदीमा छाडिएको उहाँले जानकारी दिनुभयो ।
यस आर्थिक वर्षमा एक सय गोही नदीमा छोड्ने योजना रहेको छ । अधिकारीका अनुसार अब छोड्ने गोहीलाई लोथर नजिकै राप्ती नदीमा छोडिने छ ।
यहाँ छोडिएका अधिकांश गोही भारततर्फ जाने गरेकाले राप्ती नदीको माथिल्लो भागमा छोड्न लागिएको हो ।
विगतमा राप्तीसँगै नारायणी, कालीगण्डकी, कोशी, बबई, कर्णालीलगायतका नदीमासमेत छोड्ने गरिएको भए पनि पछिल्ला वर्षमा राप्ती र नारायणीमा मात्रै छोडिँदै आएको छ ।
ती नदीमा गोही संरक्षण हुन नसकेपछि नछोडिएको हो ।
निकुञ्जको प्रजनन केन्द्रमा अहिले पाँच सय ८२ वटा गोही रहेका छन् ।
सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।
पछिल्लो गणना अनुसार राप्तीमा एक सय १८ र नारायणीमा एक सय एक गोही रहेका छन् ।
गोहीले नदी किनारमा अण्डा पारेपछि जोखिममा रहेका अण्डालाई सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याइ कोरल्ने र हुर्काउने गरिन्छ ।
तिनै गोहीलाई पाँच वर्षपछि नदीमा छोड्ने गरिएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0