अहिलेको लडाइँ अग्रगमन र प्रतिगमनबीचको हो – प्रचण्ड

Homeराजनीति

अहिलेको लडाइँ अग्रगमन र प्रतिगमनबीचको हो – प्रचण्ड

नेकपा सरकार जनताप्रति उत्तरदायी हुन सकेन ः नेपाली काँग्रेस
नेकपा दाहाल समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पत्र बुझाउने
तिन वटा पार्टी समायोजन भएर जसपा नवलपुर घोषणा


२६ माघ , काठमाडौँ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले अहिलेको लडाइँ अग्रगमन र प्रतिगमनबीचको भएको बताएका छन् ।
सोमबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै दाहालले अहिले लडाइँ पदका लागि नभएर अग्रगमन र प्रतिगमनको भएको बताएका हुन् ।
अहिले आफूहरु जनताको पक्षमा गएको भन्दै दाहालले ओली जनताबाट टाढिएको दाबी गरे ।
पुस ५ देखि नै प्रतिगमनका विरुद्ध लडाइँ सुरु भएको र अहिले प्रतिगमकारी हार्ने वातावरण बनेको दाहालको भनाइ थियो ।
प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाको दाहाल– नेपाल समूह दोस्रो चरणको आन्दोलनमा छ ।
यो समूहले माघ २८ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0