२६ माघ , काठमाडौँ ।
प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइका लागि मंगलबार संवैधानिक इजलास नबस्ने भएको छ ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेयको सोमबार निधन भएकाले मंगलबारको संवैधानिक इजलास नबस्ने भएको हो ।
मंगलबार अदालतका प्रशासनिक कामकारबाही सञ्चालन हुने सर्वोच्च अदालतले जनाएको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ मुद्दा परेका छन् ।
ती मुद्दामाथि ५ सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
माघ ४ गतेदेखि जारी निरन्तर सुनुवाइमा निवेदकका कानुन व्यवसायीले बहस सकेपछि केही दिनयता विपक्षीका वकिलले बहस गरिरहेका छन् ।
सोमबार पनि प्रधानमन्त्री ओलीका निजी वकिलहरूले बहस गेरका थिए ।
Newer Post
देवचुलीमा ज्येष्ठ नागरिकहरु सम्मानित
COMMENTS