देवचुलीमा ज्येष्ठ नागरिकहरु सम्मानित

Homeसमाज

देवचुलीमा ज्येष्ठ नागरिकहरु सम्मानित

४५ वर्षिया कुमालको ज्यान गएपछि एक्स्काभेटरमा आगजनी
श्रीपञ्चमी मनाइयो
गुल्मीको रेसुंगामा जीप दुर्घटना ३ को मृत्यु ,६ जना घाइते

२६ माघ , नवलपुर ।
पूर्वी नवलपरासीको देवचुली १० मा वडाका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
सोमबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि १ सय ७० जना ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडाले जनाएको छ ।
कार्यक्रममा वडाका ७० वर्षदेखि १०९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
कार्यक्रममा सबैभन्दा ज्येष्ठ नागरिकमा पुरुष तर्फ १०९ वर्षका मोतिलाल पौडेल र महिलातर्फ १०८ वर्षकी मनरुपा पौडेलको उपस्थित रहेका थिए ।
वडाले पुरुष तर्फ ७९ र महिला तर्फ ९१ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
आर्थिक बर्ष २०७७, ०७८ को ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत २ लाख बजेटबाट प्रत्येकलाई १ वटा सल ,१ छाता र यातायात खर्च स्वरुप रु १०० प्रदान गरिएको वडा अध्यक्ष केशर आलेले बताउनुभयो ।
आलेको अनुसार वडाका ज्येष्ठ नागरिकहरुसँग चिनजान,भेटघाट गर्ने वातावरण सिर्जना गर्नुका साथै स्थानीय सरकारले पनि आफ्नो जेष्ठ नागरिकका सम्मान गर्नुपर्छ भनेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
वडाका ज्येष्ठ नागारिकहरुलाई वृद्ध भत्ता लिन जान गाह्रो भएकोले त्यसका लागि बैंकसँग समन्वय गरिएको र वडाले ज्येष्ठ नागारिकलाई विभिन्न कार्यक्रम निरन्तर संचालन गर्ने उहाँले बताउनुभयो ।
वडा कार्यालयले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकोमा खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा देवचुली १० का वडाध्यक्ष केशर आलेको अध्यक्षता रहेको थियो भने वडासदस्य, ज्येष्ठ नागरिक लगायतको उपस्थिती रहेको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0