अखिल नेपाल महिला संघको अगुवा महिला कार्यकर्ता भेला सम्पन्न

Homeराजनीति

अखिल नेपाल महिला संघको अगुवा महिला कार्यकर्ता भेला सम्पन्न

दाङमा सरकार विरोध प्रदर्शनलाई पूर्वमन्त्री गिरीले सम्वोधन गर्ने
गृह मन्त्री थापालाई माओवादी केन्द्रले सांसदबाट हटायो
नेपाली कांग्रेसको आपत्ति

२६ माघ , नवलपुर ।
पूर्वी नवलपरासीको कावासोतीमा अखिल नेपाल महिला संघको अगुवा महिला कार्यकर्ता जिल्ला भेला सम्पन्न भएको छ ।
सोमबार अखिल नेपाल महिला संघ जिल्ला समिति नवलपुरद्धारा आयोेजित कार्यक्रममा संस्थाका अध्यक्ष पद्या जिसी श्रेष्ठको सभाध्यक्षता एवम् अखिल नेपाल महिला संघ केन्द्रीय संयोजक सिता पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्ने महिला वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर राम्रो गरेको बताएका छन् ।


उनीहरुले पार्टीबाटै कामैै गर्न नदिइ हात खुट्टा बाधेर पार्टीलाइ नै घेरावन्दी गरेर विषम परिस्थित ल्याएका कारणले प्रधानमन्त्रीले यो कदम चालेको बताए ।
निरन्तर गुडिएरको रथ बिचमा नै रोकेर समस्याका समाधान गर्न तर्फ लागेको पनि बताएका थिए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधकारीहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।
भने कार्यक्रम कावासोतीको आनेपानी सभाहलमा सञ्चालन भएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0