पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषद्को निर्णय

Homeराजनीति

पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषद्को निर्णय

काङ्ग्रेसको अबको रणनीति सत्ता होईन आगामी निर्वाचनमा केन्द्रित हुनु पर्छ – वरिष्ठ नेता पौडेल
भुक्तानी नदिने चिनी उद्योगी पक्राउ गर्ने सरकारको निर्णय
वार्ता पछी नवलपुरबाट विप्लवको पहिलो तस्विर सार्वजनिक

सरकारकले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको छ।

invotech

मन्त्रिपरिषदको सोमबार बसेको  बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

उनका अनुसार वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला वैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १का ३७ जिल्लामा चुनाव गर्ने निर्णय  भएको छ।   

केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ गते प्रतिनिधि सभाको असंवैधानिक विघटन गर्दै नयाँ निर्वाचनमा जाने निर्णय गरेको थियो। प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

यसैबीच निर्वाचनको तयारीबारे बुझ्न प्रधानमन्त्री ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जान लागेका छन्। ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री, उपप्रधानमन्त्री र अर्थमन्त्रीसहित नेताहरू आयोग जान लागेको जानकारी दिए।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0