नेपाल विद्यार्थी संघले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई तत्काल पहिचान गरी कारवाहीको दायरामा ल्याउन गृहमन्त्री रामबहादुर थापा बादलसँग माग गरेको छ।

गत बुधबार विद्यालयबाट घर नफर्केकी भट्टको शव स्थानीय सामुदायिक वनमा फेला परेको थियो। बलात्कारपछि उनको हत्या भएको पुष्टि भए पनि अपराधी पहिचान नभएको भन्दै नेविसंघले आज बिहान गृहमन्त्री थापालाई भेटेर तत्काल अपारधी पक्राउ गर्न माग गरेको हो।
नेविसंघ अध्यक्ष राजिव ढुंगानाले गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउँदै अपराधीलाई तत्काल कारवाही गर्न माग गरेका छन्।
नेविसंघ महामन्त्री दीपक भट्टराईले विगतमा निर्मला पन्तलगायतका घटनाका दोषीलाई पहिचान गरी कारवाही गर्न ढिलाइ हुँदै गएको उल्लेख गर्दै यस घटनामा दोषी पहिचानमा ढिलाइ हुन नहुने भन्दै गम्भीरतापूर्वक लिन आग्रह गरेका थिए।

COMMENTS