प्रदेश सरकार बलात्कारका घटनामा गम्भीरता देखिएन – प्रदेश सांसद

Homeराजनीति

प्रदेश सरकार बलात्कारका घटनामा गम्भीरता देखिएन – प्रदेश सांसद

नेकपा नामसम्बन्धी विवादमा सर्वोच्च अदालतद्वारा ऋषि कट्टेलको पक्षमा फैसला
प्रचण्ड माधवले काँग्रेस सभापति देउवालाई सँगै मिलेर जान आग्रह
प्रचण्ड समूह फोहोरको डङ्गुर हो – युवा नेता बस्नेत

२७ माघ , काठमाडौँ ।

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सोमवारदेखि सुरु भएको छ ।
बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि प्रदेश सभाको बैठक सुरु भएको हो ।
६ महिना बित्नै लाग्दा सोमबार आह्वान गरिएको प्रदेश सभाको सातौँ अधिवेशनको प्रथम बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरूले बलात्कारको घटनालाई सरकारले गम्भीरताका साथ नलिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य नेता लीलाधर भट्टले बैठकको सुरुमै आफ्नो बेञ्चबाट बोल्दै घटनाको अनुसन्धान तथा छानबिनप्रति प्रदेश सरकारले ध्यान नदिएको भन्दै विरोध जनाए ।
घटना घटेको ६ दिन बित्दासमेत प्रदेश सरकारका प्रतिनिधिहरू पुग्न नसक्नुका साथै विज्ञप्ति निकाल्नसमेत नसकेको उनको तर्क थियो ।
बैठकको विशेष समयमा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले भागरथी प्रकरणको अनुसन्धान नितान्त केन्द्रीय सरकारमा निहित देखिएको बताए ।
सबै अधिकार आफ्नै हातमा लिएकाले बलात्कारका घटना दिन प्रतिदिन बढिरहेको र अपराधीहरू खुलेआम घुमिरहेको भन्दै गुनासो गरे ।
नेपाली काँग्रेसको संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले पनि घटना घटेको ६ दिन बित्दासमेत घटनाबारे सत्यरतथ्य बाहिर नआएको भन्दै दुःख व्यक्त गरे ।
निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा जस्तै अहिले भागरथी प्रकरणमा पनि सरकार चुकिरहेको भन्दै उनले सुदूरपश्चिम प्रदेश बलात्कारीहरूले दिन प्रतिदिन प्रशय पाउने ठाउँ जस्तै बनेको भन्दै आक्रोश पोखे ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0