निर्वाचन सामग्री खरिदका लागि टेण्डर आह्वान गर्ने आयोगको तयारी

Homeराजनीति

निर्वाचन सामग्री खरिदका लागि टेण्डर आह्वान गर्ने आयोगको तयारी

कामै गर्न नदिएपछि बाध्य भएर संसद् विघटन गरेः प्रम ओली
नेपाल–खनाल समूहका सांसदसँग स्पष्टिकरण सोध्ने ओली समूहको निर्णय
संसद विघटनविरुद्ध काँग्रेसद्वारा थप आन्दोलनको घोषणा

२८ माघ , काठमाडौँ ।
निर्वाचन आयोगले चुनाव गराउन आवश्यक पर्ने सामग्री खरिदका लागि टेण्डर आह्वानको तयारी गरेको छ ।
सम्भवतः आज टेण्डर आह्वान गर्ने तयारी भैरहेको आयोगका सहप्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिए ।
प्रतिनिधिसभा विघटनसँगै तोकिएको मितिमै चुनाव गराउने तयारीसहित आयोग लागिपरेको र आवश्यक सामग्री खरिदका लागि टेण्डर आह्वन गर्न लागिएको उनको भनाइ छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटबारे सर्वोच्चको फैसला नआइसकेको र नेकपाभित्रको विवाद समाधान नभैसकेको अवस्थामा आयोगले चुनावी तयारीलाई तिब्रता दिएको हो ।
यस्तै आयोगले चुनावको आचारसंहिता तयार गरिसकेको छ भने सबै राजनीतिक दलसँग छलफल गरेर चुनाव प्रयोजनका लागि दल दर्ता प्रक्रिया सुरु गर्ने तयारी गर्दैछ ।
हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा पनि आयोगका पदाधिकारीले तोकिएकै समयमा चुनाव गराउने प्रतिवद्धता जनाएका थिए ।
प्रतिनिधि सभा विघटनसँगै आउँदो वैशाख १७ र २७ गतेका लागि मध्यावधि चुनाव घोषणा भएको छ ।
पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरण २७ गते ३७ जिल्लामा चुनाव गराउने सरकारको तयारी रहेको छ ।
वैशाख १७ गते कर्णाली, लुम्बिनी, प्रदेश २, गण्डकीका ४० जिल्लामा तथा दोस्रो चरणमा सुदूरपश्चिम, वाग्मती र प्रदेश १ का ३७ जिल्लामा चुनाव गर्ने सरकारले निर्णय गरेको छ ।
सरकार र निर्वाचन आयोगले तयारी भैरहेको भने पनि चुनावबारेको अन्योल भने कायमै छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0