रामकुमारी झाँक्री रिहा

Homeराजनीति

रामकुमारी झाँक्री रिहा

नेकपा प्रचण्ड-नेपाल समूह सडक आन्दोलनमा उत्रिए
नेकपा दाहाल समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पत्र बुझाउने
प्रचण्ड – माधव समूहले सुवास नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने निर्णय

२९ माघ , काठमाडौ ।

नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ ।

महानगरीय प्रहरी अनुसन्धान महाशाखाले नेतृ झाँक्रीलाई बिहीवार साँझ रिहाइ गरेको हो ।

राज्यविरुद्धको अपराध गरेको कसुरमा अनुसन्धान गर्न भन्दै प्रहरीले झाँक्रीलाई दिउँसो उनकै निवास शंखमुलबाट पक्राउ गरेको थियो ।
उनलाई पक्राउ गरेपछि सरकारको चौतर्फी विरोध भएको थियो ।
केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।
झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको हो ।
राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरेकै भरमा राज्य विरुद्धको आरोप लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विभिन्न दलका नेता र कानुनविद्ले सरकारको विरोध गरेका थिए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0