सर्वोच्च अदालतमा आजदेखि रिट निवेदकले जवाफ दिने

Homeराजनीति

सर्वोच्च अदालतमा आजदेखि रिट निवेदकले जवाफ दिने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, आन्दोलनका थप कार्यक्रमबारे छलफल हुने
प्रधानमन्त्रीको झुठो दाबी : प्रचण्ड–नेपालको निवेदन फिर्ता भयो, निर्वाचन आयोग भन्छ– भएको छैन
विद्यार्थीले चाहेको जस्तो देश बनेन – नेविसंघ महामन्त्री थपलिया

३० माघ , काठमाडौँ ।
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सर्वोच्च अदालतमा आजदेखि रिट निवेदकले जवाफ दिने भएका छन् ।
कानुन व्यवसायीहरुको बहस सकिएकाले आजदेखि रिट निवेदकहरुले जवाफ दिने सर्वोच्च अदालतले जनाएको छ ।
प्रधानमन्त्रीको तर्फबाट अर्थात् रिटकोविरुद्धमा गएको माघ १९ गतेदेखि बहस सुरु भएको थियो ।
आज रिट निवेदकहरुले सरकारी पक्षबाट उठेका प्रश्नको जवाफ दिनेछन् ।
रिट निवेदकको तर्फबाट बहस सकिएपछि एमिकस क्यूरीको बहस सुरु हुनेछ ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अबको एक हप्ताभित्र फैसला आउने सम्भावना रहेको सर्वोच्च अदालतले बताएको छ ।
गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको खारेज र संसद पुनःस्थापनाको माग राखेर सर्वोच्चमा १३ वटा रिट परेका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0