चीनमा बीबीसी वर्ल्ड न्यूजको टेलिभिजन प्रसारण बन्द

Homeअन्तराष्ट्रिय

चीनमा बीबीसी वर्ल्ड न्यूजको टेलिभिजन प्रसारण बन्द

प्रतिबन्धहरु फुकुवा गर्न अमेरिकासँग इरानको आग्रह
स्वीटजरल्याण्डमा मुस्लिम महिलालाई बुर्का लगाउनु पर्ने बाध्यताको अन्त्य
सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिन : राष्ट्रसंघ

३० माघ , काठमाडौँ ।
चीनले बीबीसी वर्ल्ड न्यूजको टेलिभिजन प्रसारण बन्द गरेको छ ।
कोरोना भाइरस महामारी र आदिवासी उइगर अल्पसङ्ख्यकविरुद्ध गरिएको दमनबारे बीबीसीले गरेको रिपोर्टिङ्गको चीनले आलोचना गर्दै आएको थियो ।
यहीक्रममा चीनले बिबिसी वर्ल्ड न्यूजको टेलिभिजन प्रसारण बन्द गरेको हो ।
चिनियाँ नियामक निकायले “समाचार सत्य र निष्पक्ष हुनुपर्ने तथा चिनियाँ राष्ट्रिय स्वार्थमा हानि पुर्याउन नहुने“ सहितका प्रसारणसम्बन्धी निर्देशिकाहरूको बीबीसी वर्ल्ड न्यूजले “गम्भीर रूपमा उल्लङ्घन“ गरेको जनाएको छ ।
उसले अर्को वर्ष प्रसारणका लागि बीबीसीले मागेको अनुमति स्वीकार नहुने पनि स्पष्ट पारेको छ ।
बीबीसीले भने चिनियाँ सरकारको निर्णयबाट आफू “निराश“ भएको प्रतिक्रिया दिएको छ ।
बेलायतमा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को प्रसारण अनुमति खारेज गरेपछि चीनले पनि बीबीसीको प्रसारण सेवा बन्द गरेको हो ।
बीबीसीले प्रसारणमा लागेको प्रतिबन्धप्रति खेद व्यक्त गर्दै आफ्नो सेवा विश्वकै सबैभन्दा विश्वसनीय अन्तर्राष्ट्रिय समाचार माध्यम भएको दाबीसमेत गरेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0