३० माघ , काठमाडौँ ।
संसद विघटनको विरुद्धमा नेपाली काँग्रेस दाङले घोराहीमा आगामी फाल्गुन ३ गते विरोध सभा गर्ने भएको छ ।
उक्त विरोध सभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका महामन्त्री शशांक कोईराला दाङ आउने भएको छ ।
यसैगरी सोही विरोध सभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री दिपक गिरी पनि आउन लागेको नेपाली काँग्रेस दाङले जनाएको छ ।
अलोकतान्त्रिक, अमर्यादित ,असंवैधानिक र बहुमतको दम्भको आधारमा ओली सरकारले प्रतिनिधि सभा विघटन गरेको भन्दै नेपाली काँग्रेस विभिन्न किसिमका विरोध कार्यक्रम गर्दै आएको छ ।
COMMENTS