नेपालका प्रथम सहिद लखन थापाको १४४ औं स्मृति दिवस मनाइदैँ

Homeसमाज

नेपालका प्रथम सहिद लखन थापाको १४४ औं स्मृति दिवस मनाइदैँ

आज २ सय ९९औँ पृथ्वी जयन्ती मनाइदैँ
आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारीको १० औँ साधारण सभा सम्पन्न
क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदै


२ फागुन , काठमाडौँ ।
आज नेपालका प्रथम सहिद लखन थापाको १४४ औं स्मृति दिवस उहाँको जन्मस्थल गोरखाको सहिद लखन गाउँपालिका ८ बुङ्कोटमा विशेष कार्यक्रम गरेर मनाइँदै छ ।
लखन थापामगर स्मृति प्रतिष्ठान र नेपाल मगर सङ्घको आयोजनामा आज देशभरि विविध कार्यक्रमको आयोजना गरिएको नेपाल मगर सङ्घले जनाएको छ ।
स्मृति दिवसका अवसरमा गएको माघ २८ गतेदेखि विद्यालय स्तरीय खेलकुद कार्यक्रम, खुला दौडलगायतका कार्यक्रम गरिएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले बताउनुभयो ।
जहानियाँ राणा शासनविरुद्ध आन्दोलन चलाएको भन्दै थापालाई १९३३ साल फागुन २ गते गोरखाको बुङ्कोटमा खिर्राको रुखमा झुन्ड्याएर हत्या गरिएको थियो ।
लखन थापामगरको बलिदान र योगदानको कदर गर्दै सरकारले उहाँलाई २०५६ सालमा सहिद घोषणा गरेको थियो भने २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो सहिदको दर्जा प्रदान गर्ने निर्णय गरेको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0