प्रचण्ड–माधव समूहले चौथो चरणको विरोध कार्यक्रमको घोषणा

Homeराजनीति

प्रचण्ड–माधव समूहले चौथो चरणको विरोध कार्यक्रमको घोषणा

संवैधानिक परिषद् बैठकको आह्वान, देउवा सहभागी नहुने
तिन वटा पार्टी समायोजन भएर जसपा नवलपुर घोषणा
राष्ट्रपति ३ करोड जनताको अभिभावक बन्न नसकेको काङ्ग्रेस नेता धनराज गुरुङको आरोप

२ फागुन , काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले चौथो चरणको विरोध कार्यक्रम घोषणा गरेको छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध सडक सङ्घर्षमा रहेको प्रचण्ड–माधव समूहले पत्रकार सम्मेलन गरेर सङ्घर्षको चौथो चरणको कार्यक्रम घोषणा गरेको हो ।
आन्दोलनका कार्यक्रमअनुसार आउँदो बुधबारदेखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन हुने छ ।
यस्तै बिहीवार काठमाण्डौको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
समूहले फागुन ७ गते पालिकाको वडास्तरमा विरोध कार्यक्रम, ८ गते काठमाण्डौमा प्रतिगमनविरुद्ध अन्तरक्रिया, ९ गते प्रतिगमन र महिला हिंसाका घटनाविरुद्ध देशव्यापी विरोधलगायतका कार्यक्रम छन् ।
त्यस्तै १२ गते चितवनमा र २१ फागुनमा दाङमा ठूलो विरोध सभा हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0