आइतबार देशैभर प्रथम सहीद क्याप्टेन लखन थापा मगरको १४४ औँ स्मृति दिवस मनाइयो

Homeसमाज

आइतबार देशैभर प्रथम सहीद क्याप्टेन लखन थापा मगरको १४४ औँ स्मृति दिवस मनाइयो

अन्लाइन सांस्कृितक नृत्य प्रतियाेगिताकाे नितजा साँझ ८ बजे सार्वजनिक हुदै
तीनतले चीर ठड्याएसँगै आजदेखि देशभर फागु पर्व सुरु
मनाङको मर्स्याङ्दी नदीमा ट्रक खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो

२ फागुन , नवलपुर ।
आइतबार नेपालका प्रथम सहीद क्याप्टेन लखन थापा मगरको १४४ औँ स्मृति दिवस बिबिध कार्यक्रम गरी देशैभर मनाइएको छ ।
उनको स्मृतिमा पूर्वी नवलपरासीको कावासोतीमा कार्यक्रम सम्पन्न भएको छ ।
कावासोती १ को पोखरीतालमा रहेको लखन पार्कमा सम्पन्न कार्यक्रम लखन थापा सालिक निर्माण समितिको आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रममा सालिक निर्माण समितिका अध्यक्ष तथा गण्डकी प्रदेश सभाका साँसद रोशन गाहा मगरको सभाध्यक्षता एवम् उद्योगपति तथा सामाजिक व्यक्तित्व नेत्र वहादुर थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार कर्णेल धन बहादुर मास्की राना, केन्द्रीय सदस्य लिला मास्की राना , नेपाल मगर संघ पुर्बी नवलपरासीका सल्लाहकार नर वहादुर ठाडा मगर , जिल्ला अध्यक्ष इन्द्रफाल मगर लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश साँसद रोशन बहादुर गाहा मगरले प्रथम सहीदलाई राज्यले यथोचित रुपमा सम्मान गर्न नसकेकोमा दुख ब्यक्त गर्नुभयो ।
कुनै एक समुदायका लागि मात्र नभएर देशको लागि ज्यानको आहुति दिएता पनि लखन स्मृति दिवस मगर समुदायमा मात्र सीमित भएको वहाँले बताउनुभयो । राज्यले प्रथम सहीदलाई उपेक्षा गरेका कारण अव उनलाई उचित सम्मान दिलाउन सम्पूर्ण मगर एक भएर अघि बढ्न वहाँले सुझाव दिनुभयो ।
जहानियाँ राणा शासनविरुद्ध आन्दोलन चलाएको भन्दै थापालाई १९३३ साल फागुन २ गते गोरखाको बुङ्कोटमा खिर्राको रुखमा झुन्ड्याएर हत्या गरिएको थियो ।
लखन थापामगरको बलिदान र योगदानको कदर गर्दै तत्कालीन सरकारले उनलाई २०५६ सालमा सहिद घोषणा गरेको थियो भने २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो सहिदको दर्जा प्रदान गर्ने निर्णय गरेको थियो ।
प्रथम सहिदको दर्जा दिइए पनि उनलाई राज्यले उचित सम्मान नदिँदा केही समुदायमा असन्तुष्टि समेत बढेको छ ।
थापाको सम्मानमा कावासोती नगरपालिका १ स्थित रहेको पोखरी तालमा १ लाख ८० हजारको लागतमा पुर्ण कदको सालिक समेत निर्माण गरिएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0