सोमबार नेपाली काङ्ग्रेसको तेश्रो चरणको विरोध प्रदर्शन

Homeराजनीति

सोमबार नेपाली काङ्ग्रेसको तेश्रो चरणको विरोध प्रदर्शन

दाङको विरोध सभालाई सम्बोधन गर्न महामन्त्री शशांक आउदै
नेकपा प्रचण्ड-नेपाल समूह सडक आन्दोलनमा उत्रिए
कांग्रेसको भातृ संस्थाहरुको देशैभर प्रदर्शन


२ फागुन , नवलपुर ।
प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै प्रतिनिधि सभा पुनः स्थापनाको माग सहित निरन्तर आन्दोलन गर्दै आईरहेको नेपाली काङ्ग्रेसले फागुन ३ गते आफ्नो तेस्रो चरणको आन्दोलन अन्तर्गत ७७ जिल्लामा विरोध प्रदर्शन र सभा गर्दैछ ।
यसै बिच नेपाली काङ्ग्रेस पुर्वी नवलपरासीको आयोजनामा फागुन ३ गते सोमबार जिल्ला सदरमुकाम कावासोतीमा विरोध प्रदर्शन र विरोध सभा आयोजना गरिएको नेपाली काङ्ग्रेस पुर्वी नवलपरासीका सभापति विष्णु लामिछानेले बताए ।
कावासोतीमा हुने विरोध सभालाई नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले सम्बोधन गर्ने जिल्ला सभापति लामिछानेले बताएका छ्न ।
जिल्ला सदरमुकाममा विरोध ¥याली पछि आयोजना हुने विरोध सभामा केन्द्रिय सदस्य गुरुङ सहित काङ्ग्रेसका प्रदेश र जिल्ला स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको सभापति लामिछानेले जानकारी दिए ।
लामिछानेले सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध उत्रिन नेपाली काङ्ग्रेसका सम्पुर्ण कार्यकर्ता र आम जिल्लावासीलाई समेत अपिल गरेका छ्न ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0