प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा निवेदकको बहस सकियो

Homeराजनीति

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा निवेदकको बहस सकियो

निर्वाचनको अवसरलाई सदुपयोग गर्न आयोगको अनुरोध
प्रचण्ड समूह फोहोरको डङ्गुर हो – युवा नेता बस्नेत
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

३ फागुन , काठमाडौँ ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिटमाथि निवेदकका तर्फबाट बहस सकिएको छ ।
सोमवार वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठ, गोविन्द बन्दी, टीकाराम भट्टराईलगायतले प्रतिनिधि सभा विघटनको विरोध र संसद् पुनर्स्थापनाको पक्षमा बहस गरेसँगै निवेदकका पक्षबाट बहस सकिएको छ ।
सोमवारको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् प्रधानमन्त्रीको नोकर नभएको बताएको छ ।
थापाले प्रधानमन्त्रीले संसद्लाई नोकर सम्झिएको आरोप लगाउँदै प्रतिनिधि सभा विघटनको अधिकार कुनै पनि प्रधानमन्त्रीलाई नभएको दाबी गरे ।
उनले प्रधानमन्त्री पक्षका वकिलले भनेजस्तो अहिलेको संविधानले प्रधानमन्त्रीलाई श्री ३ र श्री ५ लाई जस्तो अधिकार नदिएको बताए ।
अब मङ्गलवारदेखि अदालतको सहयोगी ९एमिकस क्युरी० को राय सुरु हुनेछ ।
सर्वोच्च बारका दुई जना र नेपाल बार एसोसिएशनका तीन जना सदस्य रहेको एमिकस क्युरीका सदस्यले आफ्नो राय व्यक्त गरेपछि सर्वोच्चको संवैधानिक इजलासले फैसला सुनाउनेछ ।
सेनाको प्रयास

COMMENTS

WORDPRESS: 0
DISQUS: 0