श्रीपञ्चमी मनाइयो

Homeसमाज

श्रीपञ्चमी मनाइयो

आज शहीद दिवस, जीवन आहुति दिने शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै
नेविसंघ नेता मिलन बस्यालले जन्मदिन्काे अवसरमा दश हजार रकम मन्दिर पुनर्निर्माणमा सहयाेग गरे
भूमिहिन जनतालाई जमिनको मालिक बनाउछौँः ज्ञावली

४ फागुन , काठमाडौँ ।
वाणी तथा विद्याकी अधिष्ठात्री सरस्वतीको पूजा आराधना गर्दै मंगलबार मुलुकभर श्रीपञ्चमी मनाइएको छ ।
यो दिन विद्यारम्भको मुख्य तिथि भएकोले विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ ।
श्रीपञ्चमीका दिन सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।
यसैगरी वसन्त पञ्चमीमा सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ ।
देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ ।
काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको थियो ।
ऋतु विज्ञानअनुसार चैत र वैशाखलाई शुद्ध वसन्त ऋतु मानिएको छ । तर पनि वासन्ती प्रकृतिको पूर्व रङ यसै दिनदेखि रूख तथा बिरुवाहरूमा नयाँनयाँ पालुवाहरू देखिने, मानिसहरूको मानसिक प्रकृति बदलिने, शिशिर ऋतुको भन्दा बेग्लै किसिमको हावा बहने र बाह्य वातावरणले समेत प्रमुदित रूप धारण ग¥यो कि भन्ने भान पर्ने हुनाले यस दिनलाई वसन्त ऋतुको पहिलो दिन मानी वासन्तोत्सव गर्ने पनि परम्परा छ ।
यही कारणले गर्दा यस पर्वको अर्को नाम ’वसन्त पञ्चमी’ रहेको हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0