हुप्सेकोट गाउँपालिका वडा नं. १ का अध्यक्षको निधन

Homeसमाज

हुप्सेकोट गाउँपालिका वडा नं. १ का अध्यक्षको निधन

आदिबासी जनजातिको मुद्दालाई बिशेष प्राथमिकता दिनु पर्छ – जनजाति अगुवा
जीपी कोइराला फाउण्डेसन अमेरिका च्याप्टरद्वारा मनाङका पत्रकार लामिछाने सम्मानित
जुम्लाको गोठीगाउँमा ३० घर जलेर नष्ट

५ फागुन , नवलपुर ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ का अध्यक्ष चित्र बहादुर कानुङको आज विहान निधन भएको छ ।
४५ वर्षिय कानुङको आज विहान मृत्यु भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवि पाण्डेले जानकारी दिईन ।
हिजो खाना खाएर घरमा राम्रैसँग सुतिरहेका उनि विहान पिसाव फेर्न बाहिर निस्केको र पछि सुत्न लाग्दा अचानक खाटबाट लड्न पुगी बेहोस भएका थिए ।
वेहोस भएका उनलाई परिवारले मध्यविन्दु जिल्ला अस्पताल लगेको केहिबेरमै मृत घोषणा गरेको थियो ।

गाउँपालिका वडा नं. १ जुगेपानी घर भएका उनको मृत्युको शोकमा आज गाउँपालिका कार्यालय र मातहतका वडा कार्यालयहरु बन्द गरिने भएको छ ।

अधयक्ष लक्ष्मीदेवि पाण्डेले वडा अधयक्ष कानुङको मृत्युले गाउँपालिकालाई ठुलो क्षति पुुगेको बताउनु भयो ।

मृतक कानुङको शवलाई अन्तिम श्रद्धान्जलीको लागि विहान १० वजेपछि गाउँपालिका कार्यालय परिसरमा राखिने छ ।
उनको आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0