नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

Homeराजनीति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

वामदेवले सुरु गर्ने भए नेकपा एकता अभियान
राष्ट्रपति ३ करोड जनताको अभिभावक बन्न नसकेको काङ्ग्रेस नेता धनराज गुरुङको आरोप
नेकपा आधिकारिताकाे निर्णय फागुन २० मा

५ फागुन, काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

पर्सि ७ गतेदेखि १० गते सम्म हुने भनिएको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्न कांग्रेसले बैठक बोलाएको हो ।

केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्न केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुई बजे बैठक बस्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रतिनिधि सभा विघटन सम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि मात्रै राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि नयाँ मिति तय गर्ने अथवा अगाडि नै तय गर्ने भन्ने सम्बन्धमा समेत छलफल हुने प्रवक्ता शर्माले बताए ।

बैठकमा पार्टीको आन्तरिक समस्या, क्रियाशिल सदस्यता वितरण लगायतका विषयमा पनि छलफल हुने उनले बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0