सर्वोच्चमा प्रधानमन्त्री ओलीको लिखित जवाफ

Homeराजनीति

सर्वोच्चमा प्रधानमन्त्री ओलीको लिखित जवाफ

अधिवक्ताहरुले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलास छाडे
निर्मला पन्त र भागरथी भट्टका हत्यारा छिट्टै पक्राउ पर्ने ओलीको दाबी
कांग्रेसको महाधिवेशन आउँदो भदौ ७ गतेदेखि १० गतेसम्म काठमाण्डौमा

६ फागुन , काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा पुगेर अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्नुभएको छ ।
उहाँले अदालतको अवहेलना गर्ने कुरा आफूले कल्पनासमेत गर्न नसक्ने उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले अदालतबाट हुने न्याय सम्पादनका कार्यलाई असर गर्ने गरी कुनै कार्य नगरेको दाबी गर्नुभएको छ ।
रिट निवेदकले हुँदै नभएको विषय र अप्रासङ्गिक कानुनी व्यवस्था उल्लेख गर्दै अदालतलाई भ्रम पर्ने गरी रिट दर्ता गरेको ओलीको भनाइ छ ।
अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले दायर गरेको रिट निवेदनमाथि ओलीले बिहीवार लिखित जवाफ पेस गर्नुभएको हो ।
म्याद बुझेको सात दिनभित्र लिखित जवाफ दिनुपर्ने व्यवस्थाअनुसार प्रधानमन्त्री ओली जवाफ पेस गर्नुभएको हो ।
प्रधानमन्त्री जाने भएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । सर्वोच्च अदालतमा नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पनि अवहेलनाको मुद्दा परेको छ ।
यसअघि अवहेलना मुद्दा लगाइएका चार पूर्वप्रधानन्यायाधीशले भने अदालतमै म्याद बुझेर लिखित जवाफ पेस गरिसकेका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0