गुल्मीको रेसुंगामा जीप दुर्घटना ३ को मृत्यु ,६ जना घाइते

Homeसमाज

गुल्मीको रेसुंगामा जीप दुर्घटना ३ को मृत्यु ,६ जना घाइते

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज ११ औं स्मृति दिवस मनाइदै
कोरोना महामारीका कारण नवलपुरमा यो वर्ष २५ प्रतिशतले माछा उत्पादन घट्यो
भूमिहिन जनतालाई जमिनको मालिक बनाउछौँः ज्ञावली

६ फागुन , गुल्मी ।
गुल्मीको रेसुंगामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ।
दुर्घटनामा एक जनाको घटनास्थलमै र बाँकी दुई जनाको उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।
गुल्मीको सदरमुकाम तम्घासबाट रेसुंगा १४ पराल्मी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप पराल्मी गाउकक नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा रेसुंगा १४ पराल्मीकी २७ वर्षीया गोमा नेपाली, २८ वर्षीया शान्ति नेपाली र ४८ वर्षका एकराज पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरेलको घटनास्थलमै र बाँकी दुई महिलाको उपचारको क्रममा मृत्यु भएको हो।
घाइते ६ मध्ये ४ जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ। बाँकी २ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जीपमा ११ जना सवार थिए।
२ जनाले हाम्फालेर ज्यान जोगाएका छन्। जीप सडकबाट करिब ८ सय फिट तल खसेको प्रहरीले जनाएको छ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0