पूर्वी नवलपरासीमा प्याराग्लाइडिङ्गको सफल परीक्षण

Homeसमाज

पूर्वी नवलपरासीमा प्याराग्लाइडिङ्गको सफल परीक्षण

पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते हुने
महोत्तरीको भङ्गाहबाट एकैसाथ हराएका सात युवती र बालिकालाई नेपाल ल्याइयो
सकारात्मक सोचको विकास भएमा मात्र लैँगिक हिँसा अन्त्य हुन सक्ने सरोकारवालाहरुको ठहर

६ फागुन , नवलपुर ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ बालुवाडाँडामा प्याराग्लाइडिङ्गको परीक्षण उडान गरिएको छ ।
पहाडमा मात्र हुँदै आएको प्याराग्लाइडिङ्ग पहिलो पटक तराईको जिल्लामा सफल परीक्षण गरिएको हो ।
बिहीबार समुन्द्र सतहदेखि ९ सय मिटर उचाईमा रहेको बालुवाडाँडाबाट उडान गरिएको बालुवाडाँडा पर्यटन युवा संजालका अध्यक्ष उमेश रानाले बताए ।
उनका अनुसार ९ सय मिटर उचाईबाट उडान गरेर २ सय मिटर उचाईको पोखरी ताल क्षेत्रमा प्याराग्लाइडिङ्ग ल्यान्ड गरिएको थियो ।


नागरिक उड्ययन मन्त्रालयसँग अनुमति लिएर परीक्षण उडान गरिएको र सफल भएकाले अब यसलाई निरन्तरता दिने बालुवाडाँडा पर्यटन युवा संजालका सदस्य बिमल रानाले बताए ।
परीक्षण उडानका लागि कावासोती नगरपालिकाले सहयोग र समन्वय गरेको छ ।
‘स्थानीय युवाहरुको योजनालाई नगरपालिकाले सहयोग गरेको छ,’कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले भने,‘होमस्टे , जगंल सफारी र पर्यापर्यटन रहेको नगरमा प्याराग्लाइडिङ्ग थपिनुलाई हामीले नगरपालिकाको मात्र नभएर समग्र जिल्लाको पर्यटनमा कोशेढुंगा साबित भएको छ । यसलाई आवश्यक सहयोग नगरले गर्नेछ । ’


परीक्षण उडानका लागि पोखरामा रहेको क्लाउड वेस प्याराग्लाइडिङ्ग प्रा.लि र पिस हिमालयन प्याराग्लाइडिङ्ग प्रालिले समन्वय गरेका छन् ।
प्याराग्लाइडिङ्गका क्याप्टेन पाइलट हरि पहारीका अनुसार कावासोती नगरपालिका १ को बालुवाडाँडा क्षेत्र प्याराग्लाइडिङ्गका लागि अत्यन्त सम्भावना बोकेको र प्राकृतिक र प्राविधिक तबरमा पनि उपयुक्त स्थान भएको बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1