माटाका भाडा बनाउने तालिम प्रभावकारी भएको तालिममा सहभागी प्रशिक्षार्थीहरुको भनाइ

Homeकुमाल समाजकुमाल समाज विशेष

माटाका भाडा बनाउने तालिम प्रभावकारी भएको तालिममा सहभागी प्रशिक्षार्थीहरुको भनाइ

नेपाल कुमाल समाज सुधार समितिको ७ औं राष्ट्रिय एकता महाधिवेशन आगामी वैशाख १८ र १९ गते कास्कीमा हुने
४५ वर्षिया कुमालको ज्यान गएपछि एक्स्काभेटरमा आगजनी
कुमाल समाज भवन निर्माणकाे लागि स्थानीय तहसँग पहल

७ फागुन , अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ इसारा टोलमा सञ्चालन भएको एक महिने सेरामिक्स उद्योग ( माटाका भाडा बनाउने ) तालिम प्रभावकारी भएको तालिममा सहभागी प्रशिक्षार्थीहरुले बताएका छन् ।
गत माघ ५ गतेदेखि सुरु भएको तालिम निकै उपयोगि भएको पनि उनीहरुले बताएका हुन् ।
तालिमले आफुहरुलाई स्वरोजगार भइ सामुहिक रुपमा व्यवसाय गर्न सक्षम गराएकोमा उनीहरु बिश्वस्त देखिएका छन् ।
एक महिनाको अवधिमा पाला , गमला ,सुरुवाई , जग , पिलेट , कप , घैँटो , पैनि र मुर्ति बनाउन सक्षम भएका सहभागीहरुले कुमाल समुदायको पुर्खौली माटाका भाडाँ बनाउने पेशाका लागि आगामि दिनमा हरेक जिल्लामा तालिम प्रदान गर्न आवश्यक रहेका बताएका छन् ।


यस्तै विभिन्न जिल्लाका स्थानिय तहलाई कुमाल समुदायलाई लक्षित गरेर माटाका भाडा बनाउने तालिम प्रदान गर्न समेत उनीहरुले अनुरोध गरेका छन् ।
विशेषगरी कुमाल समुदायको पुर्खौली पेशालाई जर्गेना गर्दै आधुनिक तवरबाट कुमाल जातिलाई मात्र तालिम दिइएको काठमाडौँबाट आएका कालिगढ प्रशिक्षक हरि प्रजापतिले बताउनु भयो ।
यस्तैगरी तालिम सिकिसकेपछि तालिमलाई तालिममै सिमिति मात्र नराखी आफ्नो व्यवहारिक जिवनमा उतार्नका साथै समुदायमा गएर तालिमममा सिकेका सिप सिकाउन पनि प्रशिक्षक प्रजापतिको आग्रह छ ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुले आफ्ना समुदायको पेशालाई जिवन्त तुल्याउन प्रदेश सरकारबाट बजेट विनियोजन भइ तालिम प्राप्त गर्दा खुसि व्यक्त गरेका छन् ।
तालिमका लागि लुम्बिनी प्रदेश सरकारले १ लाख ५० हजार बजेट विनियोजितद्धारा एक महिने सेरामिक्स उद्योग ( माटाका भाडा बनाउने ) तालिम घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा गरिएको हो ।
तालिममा कुमाल समुदायका मात्र १० जना प्रशिक्षार्थीहरु रहेका थिए ।
तालिम फागुन ५ गते अर्थात् गत बुधबार सम्पन्न भएको हो ।
कुमाल समुदायको लोपन्मुख पुर्खौली पेशालाई जर्गेनाका लागि घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले गरेको उक्त कार्य एकदम सह्रानिय रहेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0